झापा । झापाको कन्काई नगरपालिका ४ कोटीहोमस्थित कनकाई माई खोलाको किनारमा आइतबार फेला परेको शवको पहिचान खुलेको छ । माई खोलाको किनारमा करिब ६०-६५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले उक्त शव इलाम नगरपालिका-१० गोदक निवासी ७० वर्षीय गर्जमान तामाङको रहेको छोरा दावा तामाङलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मृतकको शव हाल प्रदेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।