झापा । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोेजेको आरोपमा झापा अर्जुनधारा नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

 

मंगलबार राति १० बजेतिर अर्जुनधारा ४ स्थित भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरूङलाई सामान्य वादविवाद हुँदा कुटपिट गरी आगोमा घिसारेर हाल्ने प्रयास गरेका थिए ।

 

घाइतेको ढाड, अनुहार, घुँडा र हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । हिजो नै प्रहरी चौकी शनिश्चरेमा लिखित निवेदन दिएपछि परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।