झापा । झापाको बिर्तामोड ७ मा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय महमद सजाक रहेका छन् ।

 

हिजो दिउँसो १ बजे बिर्तामोड ७ स्थित मियाँबारी बस्ने मागु मियाँको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना प्रहरीले पाएको थियो । अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

टोलीले खानतलासी गर्दा कोठाबाट प्लास्टिकसहित १ ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।