झापा । भद्रपुर नाकाबाट तीन जना किशोरको उद्दार गरिएको छ । गएराति ९ बजे भद्रपुर नगरपालिका ५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामाेिडका तीन जना किशोरलाई उद्दार गरिएको हो ।

 

भारतको सीमा सुरक्षा बल (एसएसबी) ले उद्दार गरी नेपालतर्फको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएको थियो ।

 

उद्दार गरिएका किशोरहरूमा बिर्तामोड नगरपालिका १ का देवराज उप्रेतीका छोरा १७ वर्षीय नयन उप्रेती, सोही ठाउँ बस्ने खगेन्द्र चौलागाईका छोरा अन्दाजी वर्ष १४ का सौगात चौलागाई र शनिश्चरेरोड बस्ने आशिष् लिम्बूका छोरा १६ वर्षीय आयुस लिम्बू रहेका छन् । प्रहरीले उनीहरूलाई बिर्तामोडमा ल्याई नमस्ते बालगृहमा राखेका थिए ।