झापा । रातभरि सञ्चालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ ।

 

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा, दुर्गा, डी डब्लु, नाइट लाइफ, लोटस, हाइप, जन्नत, गन्तव्यलगायत सबै डान्स बारहरुमा सर्च अपरेशन गरेको हो । त्यसक्रममा करिब एक दर्जन पक्राउ परेका छन् ।

 

जन्नत र गन्तव्य बन्द रहेको जनाइएको छ । अन्य डान्स बारहरु रातभरि सञ्चालन भइरहेका थिए । डान्स बारहरुलाई राति ११ बजेसम्म सञ्चालन गर्ने समय दिइएको छ । तर , बिर्तामोडका अधिकांश डान्स बारहरु रातभरि सञ्चालन गर्ने गरेको पाइएको छ ।

 

बिर्तामोड प्रहरीको कमाण्ड सम्हाल्नेबित्तिकै डीएसपी पाठकले कडाई गर्न थालेका छन् । उनले कमाण्ड सम्हालेको तीन दिनमा बिर्तामोडका स्पा तथा मसाज सेन्टरहरुमा छापा मारी तीन जनालाई पक्राउ गरेका थिए ।