बिर्तामोड । झापाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

 

दिउँसो २ बजे भद्रपुर ८ क्याम्पसमोडबाट वडा नम्बर ७ बस्ने १८ वर्षीय सुवास राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले चेकजाँच गर्दा प्लाष्टिकबाहेक १ ग्राम १३० मिलिग्राम फेला पारेको थियो ।

 

यसैगरी, १५ बजेको समयमा झापा गाउँपालिका ४ मंगलबारे बजारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कनकाई ३ का ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

उनको साथबाट कालो प्लाष्टिकले पोका पारी ल्याउँदै गरेको १० ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिहेको जनाइएको छ ।