झापा । झापा बिर्तामोडको चोकमा रहेको हनुमान कम्प्लेक्समा १८ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
गएराति करिब ९ बजे १८ वर्षीया युवतीलाई ३६ वर्षीय बिगेन्द्र शेर्पाले जबरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा मौखिक जानकारी दिएकी थिइन्।
प्रहरी टोलीले इलाम सूर्योदय नगरपालिका २ घर भई हाल बिर्तामोड ५ सुब्बाचोकमा दिदी-भिनाजुको घरमा बस्दै आएका शेर्पालाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका शेर्पामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। त्यसपछि आज बिहान ३ बजे पीडितलाई बिर्तामोड ५ स्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ।