झापा । झापाको मेचीनगर नगरपालिकाले ज्यालादारीमा कार्यरत ३८ जना कर्मचारीलाई निष्कासित गरेको छ । असार २६ गतेदेखि लागू हुने गरी उनीहरुलाई कामबाट निकालिएको हो ।

 

अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको परिपत्रबमोजिम नगर कार्यपालिकाको गत कात्तिक १७ गतेको बैठकको निर्णयअनुसार हाल कार्यरत अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई क्रमशः विदाई गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचनामा उल्लेख गरेका छन् ।

 

निष्कासित हुने कर्मचारीहरुमा सरोज कार्की असिस्टेन्ट सब इन्जिनियर, गंगा राई ल्याब असिस्टेन्ट, कमलबहादुर तामाङ चौकीदार, अनुप पाहान असिस्टेन्ट सब इन्जिनियर, विक्रम राजवंशी कार्यालय सहयोगी, सुरज दाहाल असिस्टेन्ट सव इन्जिनियर, निर्मला गजमेर अनमी, शुशिला खड्का कार्यालय सहयोगी, नारायण आले मगर सरसफाईकर्मी र नारायण राई असिस्टेन्ट सब इन्जिनियर रहेका छन् ।

 

यसैगरी, सोनिया थापा असिस्टेन्ट सब इन्जिनियर, राजु बाँस्तोला कम्प्युटर अपरेटर, कार्यालय सहयोगीहरु शम्भु मल्लिक, प्रगति ढकाल, किरणकुमार श्रेष्ठ , चन्द्रकला नेपाल र आरती उप्रेती रहेका छन् ।

 

त्यस्तै निष्कासनमा पर्ने अन्य कार्यालय सहयोगीहरु अनिसा राजवंशी, गरिमा पौडेल, लक्ष्मी निरौला ढुङ्गाना, गोमादेवी चौहान निरौला, पार्वती वर्मन राजवंशी, कल्पना अधिकारी, लिला लिम्बू, सुभाष मेचे चौकीदार, पुनम राई कम्प्युटर सहयोगी रहेका छन् ।

 

यसैगरी, असिस्टेन्ट सब इन्जिनियरहरू नविन आचार्य, अनिसा राजवंशी, कृष्णप्रसाद खतिवडा, बादल न्यौपाने, निर्मल चौधरी, पृथ्वीलाल गिरी चालक, इन्जिनियर वसन्त राजवंशी, चित्रकला दमाई सरसफाईकर्मी, चन्द्रकला खड्का अनमी, रिमा मल्लिक कुचिकार, सुनिल थापा मगर ट्रयाक्टर चालक र ट्रयाक्टर चालक जगतबहादुर दर्नाल रहेका छन् ।