झापा । झापाको सुरुङ्गादेखि बालबालिकाका सुनका मुन्द्रा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर क्षेत्रमा चाेरीकाे घटना बढेपछि प्रहरीले निगरानी बढाएकाे थियाे ।

 

पक्राउ पर्नेमा शिवसताक्षी ९ रमाइलाे  घर भएका बिजु भनिने विजय दर्जी रहेका छन् । उनलाई आज बिहान करिब ८ बजे सुरुङ्गास्थित पश्चिम बस स्ट्यान्डबाट पक्राउ गरिएको हो।

 

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दर्जीले बालबालिकाको कानको मुन्द्रा चोरी गरेको स्वीकार गरिसकेको समेत प्रहरीको भनाइ रहेको छ ।