झापा । प्रतिबन्धित लागूऔषध मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सिमावर्ती झापा गाउँपालिकामा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
आज दिउँसो ३ः३० बजे झापा गाउँपालिका वडा नम्बर ४ स्थित सुकुमबासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा भारत जिल्ला अररिया पलासी बस्ने ४० वर्षीय मोहमद मुख्तर र अररिया बनमोतर बस्ने २७ वर्षीय नसाद आलमले मलद्वारमा लुकाएर ल्याउँदै गरेको प्लाष्टिकबाहेक १ ग्राम ७१ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।