झापा । भारतबाट बच्चालाई लगाइएको डायपरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा चारजना भद्रपुरबाट पक्राउ परेका छन् ।

 

बिहीबार साँझ ५ः१५ बजे भद्रपुर ५ स्थित बसपार्कमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. १ ह ५०११ नम्बर भएको अटो चालक भारत किसनगंज १२ घर भई हाल बिर्तामोड ५ बस्ने ३० वर्षीय मोहित आलम, अटोमा सवार उनकी श्रीमती ३२ वर्षीया जेनेतुन खातुन, छोरा २ महिनाको नाबालक सोहेल आलम र ३८ वर्षीय मोहमद तजरुललाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको छोराको डायपरमा लागूऔषध फेला परेको थियो ।

 

डायपरमा प्लाष्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको प्लाष्टिकबाहेक ८ ग्राम ९४ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । अटोसहित ४ जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।