झापा । सोमबार बिहान कन्काई नगरपालिका ४ कोटीहोममा पिकअपको ठक्करबाट एकजना बृद्धको मृत्यु भएको छ ।

 

बिहान ६ः३० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काई ४ स्थित कोटीहोममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १ च ५१०४ नम्बरको पिकअपले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेका कन्काई ४ बस्ने अन्दाजी ७० वर्षका प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको थियो ।

 

घाइतेलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

 

ठक्कर दिने पिकअप र त्यसका चालक -गाडी धनी) इलाम सूर्योदय ३ बस्ने ३३ वर्षीय अरुण शर्मालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।