झापा । पाँच महिनाअघि मेचीनगर १३ चारआलीस्थित ओझा होटलमा एक महिलालाई जबरजस्ती करणी गरी भारत भागेका ललितपुर १६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल पक्राउ परेका छन् ।
हिजो दिउँसो ३ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा काँकरभिट्टा बसपार्कमा उनलाई पक्राउ गरिएको हो । डंगोल भारतबाट नेपालतर्फ आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले इप्रका काँकरभिट्टासँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत फागुन २५ गते राति ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए । टिकटकमार्फत चिनजान भएपछि डंगोलले ललितपुरबाट झापा आएर ती महिलालाई जबरजस्ती करणी गरेका थिए ।