फाइल तस्वीरः न्यूज सञ्जाल

झापा । आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ ।

 

आज घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने गरिन्छ । नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ ।

 

यसवर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो । वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ ।