झापा । गत असार २५ गते विभिन्न आरोपमा पक्राउ परेका बिर्तामोडका गंगाबहादुर गिरी धरौटीमा रिहा भएका छन् ।

 

झापा जिल्ला अदालतले हिजो उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । बिर्तामोड ४ निवासी पूर्व भारतीय सैनिक ४४ वर्षीय गिरीमाथि आपराधिक लाभ (एक्स्टर्सन), शरीर बन्धक र संगठित अपराध गरेको आरोप लागेको थियो ।