झापा । झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गाका एक कारोबारी आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका छन् । मंगलबार राति १० बजे कन्काई ३ सुरुङ्गा बस्ने ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम (१३९ पोका) ब्राउनसुगर फेला पारेको थियो ।
त्यस्तै, नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार, एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा ल्याइएको छ ।