कुमरखोद। झापाको झापा गाउँपालिका–७ मदरगाछबाट प्रहरीले करिब एक किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार अपराह्न करिब ४ः३० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी गस्ती टोलीले स्थानीय ५५ वर्षीय सूर्यलाल यादवको पूजा कोठामा लुकाइछिपाई राखेको अवस्थामा करिब एक किलो गाँजा फेला पारेको हो।
इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी शरणामती र इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
यादव गाँजा बिक्री वितरणमा संलग्न रहेको बताइएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।