बिर्तामोड । ईलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए ।

उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागी अस्पताल ल्याई पुराउदा उनको अवस्था निकै गम्भिर थियो उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए ।

हालसम्म विभिन्न गरी ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै मलद्वारको समस्या भएकोले शुरुका दिनमा पेट काटेर ठुलो आन्द्रामार्फत पाइप जोडी दिसापिसाब गराए पनि अहिले अपरेसन पछि सुधारहुँदै गइरहेको छ ।

अबको दुई हप्ता भित्रमा डाक्टरले डिस्चार्ज दिने बताइएको छ । हालसम्म उनको उपचारमा १० भन्दा लाख बढी रकम खर्च भई सकेको र उपचारमा लागेको रकम मध्ये ट्र्याक्टर मालिक बिनोद अधिकारीले ५ लाख ७० हजार मात्र दिएको उनका बुबा भुरबहादुर चौहानले बताए । उनका अनुसार अस्पतालमा ४ महिनादेखि उपचार गराईरहदा लाखौ रकम खर्च भएको र उपचार बापत अस्पताललाई दिने बाकी रकम अभाव भएको छ । अबको दुई हप्तामा डाक्टरले बिरामीलाई घर लान सक्ने बताएको छ । तर छोरालाई घर लैजान अस्पताल मा लागेको रकम तिर्न रकम अभावका कारण समस्यामा परेको बुबा चौहान दुखेसो पोख्छन ।

उनी भन्छन, ‘छोरालाई त्यस्तो जटिल अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउन उपचारमा संलग्न डाक्टरको टोलीलाई धन्यबाद दिनु चाहन्छु ।’ उज्ज्वलको उपचारमा आर्थिक अभाव भएपछि उनि अध्यानरत विध्यालय नन्द मावि बाट ३० हजार रकम सहयोग प्राप्त भएको कुरा उनका बुवाले जानकारी दिए ।

अस्पताललाई तिर्नु पर्ने थप रकम अभाव भएपछि सबैसँग सक्दो सहयोगको अपिल गरेका छन् । उनलाई सहयोग गर्नका लागि माछापुछ्रे बैंकको खाता नं. ३३२२५२४४३३७३१०११ अथवा फोन नं. ९८२४०३३४१२ मा चौहानलाई सम्पर्क गरी सहयोगी हातहरुले सहयोग गर्न सक्नु हुनेछ ।