झापा । मेचीनगर १३ स्थित फुलवासा खोलामा डुबेर एक बच्चाको मृत्यु भएको छ । मेचीनगर १२ स्थित माता पाथिभारा टोलका गंगाराम प्रसाईको तीन वर्षिय छोरा अजित प्रसाईको मृत्यु भएको हो ।

बुबा गंगाराम धानको बीउ काड्न भनेर घरदेखि पूर्वपट्टि फुलवासा खोला तरेर खेतमा गएको बेला उनलाई पछ्याउदै गएका उनका छोरा अजितको खोलामा डुबेर मृत्यु भएको चारआली प्रहरी चौकीका इन्चार्ज भक्त विष्टले बताए । विष्टका अनुसार बुवालाई पछ्याउदै गएको र उनलाई छोराले पछ्याएको थाहा नभएको कारण अजित खोलामा डुबेका थिए ।

झापामा निरन्तर वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । शिवसताक्षी ५ सालमारा ९ वर्षिय सौगात चापागाँई र दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रबार मृत्यु भएको हो।