विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७, जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका-५, जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो। दुवैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ। रासस