झापा । अर्जुनधाराबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राईलाई पितृ शोक परेको छ । सम्पादक राईका बुवा धनबहादुर राईको आज दिउँसो असामयिक निधन भएको हो ।
७६ वर्षीय राई विगत केही वर्षदेखि दम रोगको बिरामी हुनुहुन्थ्यो । स्वास्थ्यमा केही खराबी आएपछि अर्जुनधारा ७ निजी निवासबाट करिब अढाइ किलोमिटर पैदल हिँडेर आफैँ राई अर्जुनधाराको शंकर हस्पिटलमा आएका थिए ।
स्वास्थ्य गम्भीर भएपछि शंकर हस्पिटलले बिर्तामोडको बिएन्डसी हस्पिटलमा रेफर गरेको थियो । हस्पिटल पुर्याइसकेछि पत्रकार राईको बुवाको निधन भएको परिवारले जनाएको छ । राईको आजै अर्जुनधारा ९ स्थित सालबारीमा राई परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । मृतक राईको श्रीमती दुई छोरा, चार छोरी र ११ नातिनातिनी रहेका छन् ।