झापा । पोखरीमा डुबेर झापामा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ६ स्थित शान्तिनगर बस्ने खड्कबहादुर लिम्बुको १४ महिनाकी छोरी साखिम लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार मङ्गलवार दिउँसो घर नजिकैको माछा पोखरीको छेउमा खेल्ने क्रममा नाबालिका साखिम सोही माछा पोखरीमा परी डुबेर बेहोस भएको थियो । डुबेर बेहोस भएका साखिमलाई उपचारका लागि बिर्तामोड लैजानै क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । यता घटनाको विषयमा कानुनी प्रक्रिया पुरा गरी नाबालिकाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।