आनन्द गौतम,
ताप्लेजुङ । चीनतर्फबाट ताप्लेजुङको ओलाङचुङगोला जोड्ने टिप्ताला भञ्ज्याङ र याङमा जोड्ने घारिल्ला नाका भारी हिमपातका कारण बन्द भएका छन् । पुसदेखि परेको हिमपात अहिलेसम्म नरोकिदा नाका बन्द छन् ।

बाक्लो हिउँका कारण मानिस आवतजावत गर्न नसकेको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । वडाध्यक्ष छेतेनले हिउँ बाक्लो रहेकाले चैत महिनाभरी नाका खुल्ने सम्भावना नरहेको बतताए । ‘हुनत घाम लागीरहेको छ,’ उनले भने, ‘तर, माथी डाँडातिर बाक्लो हिउँ भएकाले मानिसको आवतजावतको सम्भावना छैन ।’

चीनसँग ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला र याङमा तथा मिक्वाखोला गाउँपालिका ५ पापुङ जोडिएको छ । पापुङवाट पनि आउजाउ गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । शेर्पाले हिमपातका कारण पापुङको हिमाली बस्ती तोक्पेगोलासम्म पनि नै जान सक्ने अवस्था नरहेको जानकारी दिए । ‘अहिले तोक्पेगोलामा पनि टम्म हिउँ परेको छ,’ शेर्पाले भने, ‘चीन पुग्न त्यहाँवाट पनि एक दिनको पैदल हिड्नुपर्ने भएकाले आउजाउको कुनै सम्भावना छैन ।’

चीन गएकाहरु डेढ महिना अघि संखुवासभाको किमाथांका नाका भएर पापुङ फर्किएका थिए । स्थानिय तीन जनालाई चीनले स्वास्थ्य परिक्षणसहित फर्काएको थियो । जिल्लाका फरकरफरक बस्तीका बासिन्दाले फरकरफरक नाकाको प्रयोग गर्दै आएका छन ।

५२ सय मिटर उचाईका यी सबै नाका हिउँकै कारण बन्द भएका हुन । मौषम खुलिरहे यो महिनाको अन्तीमसम्ममा खुल्ने छेतेन बताउँछन । कोरोना देखिनासाथ चीनलेपनि पत्रै पठाएर नेपाललाई सिमाना बन्द भएको जानकारी गराएको छ । चीनतर्फ तालेजुङको घुन्सा, गोला र पापुङमा सीमा प्रहरी चौकी छन् । तीनवटै स्थानमा नेपालतर्फ पनि प्रहरी चौकी छन् । कान्तिपुरबाट