झापा । आज बिहान ६ बजे पूर्वी नाका काँकरभिट्टामा देखिएको दृश्य । कोरोना भाइरसको त्रासका कारण भारतमा हिजो जनता कफ्र्यू लागेपछि यो नाका सुनसान बनेको थियो ।

सरकारले हिजो बेलुका चीन र भारतसँगको सबै नाका बन्द गर्ने घोषणा गरेपछि नेपाल भित्रनेको संख्या झन् बढेको हो ।

हिजो सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

यस्तै कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको छ ।