इलाम। झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
हिजो बेलुका झापाहुँदै इलाम आइपुगेका उनीहरुलाई स्थानीय डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको हो ।
इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट आएकाहरूलाई नेपाल भित्रिन दिएको थियो ।