अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले हिजोमात्र स्थापना गरेको क्वारेन्टाइनमा पाँच जनालाई राखिएको छ ।
भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका ५ जनालाई मंगलबार साँझ क्वारेन्टाइनमा राखिएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उनका अनुसार नगरका विभिन्न वडाका एक महिलासहित पाँच जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।
नगरपालिकाले १२ वटा बेड र एम्बुलेन्ससहितको ४ नम्बर वडामा रहेको स्वास्थ्य केन्द्रको भवनमा क्वारेन्टाइन स्थापना गरेको हो । कोरोना भाइरसबाट बच्नका लागि नगरपालिकाले १५ लाख रुपैयाँको विपद् कोषसमेत खडा गरेको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिलाइ अर्जुनधारा जलेश्वर धामले खानाकाे व्यवस्था गरेकाे छ । नगरकाे स्वास्थ्य शाखाले क्वारेन्टाइनमा राखिएसँगै सक्रियता अझ बढाएकाे छ ।