इलाम नगरपालिका लगानी सम्मेलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनन्दन कार्यक्रमप्रति नेपाली कांग्रेसले खरो शब्दमा विरोध जनाएको छ ।

नेपाली कांग्रेस इलामले एक विज्ञप्ती जारी गर्दै असफल बन्दै गएको प्रधानमन्त्रीलाई अभिनन्दनले नगरबासीमा मानमर्दन र चेतनाको अवमूल्यन र अपमान हुने जनाएको छ ।

नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य हस्ताक्षरित विज्ञप्तीमा आम नागरिकलाई पनि यसको अवज्ञा र भत्र्सना गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ, असफलतातर्फ उन्मुख, आफ्नै पार्टीभित्र चरम विरोध र विवादमा मुछिएको सरकार प्रमुखलाई इलाम नगरबासीको नामबाट नाटकीय ढंगले गर्न लागिएको विवादित र तथाकथित अभिनन्दनको भत्र्सना गर्दछौं ।

इलाममा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पुस २०देखि लगानी सम्मेलन हुँदैछ । लगानी सम्मेलनको उद्घाटनमा आउने प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले नगरबासीको तर्फबाट अभिनन्दन गर्न लागेको छ ।