बिर्तामोड । झापामा लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ जिरायत टोलको एक घरमा कोठा भाडामा लिएर बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन्।

 

प्रहरीले उनको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

यसैगरी, मेचीनगर ६, काँकडभिट्टास्थित एक होटलबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

 

पक्राउ पर्नेमा मेचीनगर २ का २३ वर्षीय सचिन राई, दमक ७ की ३० वर्षीया मिना राई र सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।