झिलझिले, (झापा) । झापाको शिवसताक्षीस्थित माइधार नजिकै पूर्वपश्चीम राजमार्गमा मोटरसाईकल र बोलेरो जिप एकआपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार ताप्लेजुङ जिल्ला फूङ्लिङ नगरपालिका वडा नम्बर १० का २५ बर्षिय सविन लिम्बु र २१ बर्षिय सन्जुहाग लिम्बुको ज्यान गएको हो ।

उनका अनुसार बा. ३ च ३१३८ नम्बरको बोलेरो र मे. ४ प ३२ नम्बरको मोटरसाइकलबीच दुर्घटना हुँदा दुई युवाको घटनास्थलमै ज्यान गएको हो ।

 

पुर्वबाट पश्चिम आउदै गरेको बोलेरोले बिपरीत दिशाबाट आइरहेको मोटरसाइकललाइ ठक्कर दिदा दुबैजनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताइएको छ ।