धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरेस्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि छथरजोरपाटी ३ का ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले दिए ।
उनका अनुसार घाइते हुनेहरुमा चालक धनकुटा ९ गुठीटार बस्ने ३१ वर्षीय खगेन्द्र खत्री, छथ रजोरपाटी ३ का ४० वर्षीया धनमाया राई, ७ वर्षीय बालक न्युहाङ सुब्बा, ३३ वर्षीया पुनम लिम्बु, २ वर्षीया आरध्या लिम्बु, २६ वर्षिय आइन्द्र लिम्बु, २७ वर्षीया भवानी लिम्बु, ४७ वर्षीय हेमबहादुर लिम्बु, ३० वर्षीय अबिन लिम्बु र २१ वर्षीय आषिश लिम्बु रहेका छन् ।
सुमो गाडी ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुलाई उपचारका लागि धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको छ ।