भोजपुर । हतुवागढी गाउपालिका ४ खैराङ स्थित सिरवानीमा ल्याण्डलोभर दुर्घटना हुदा ११ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ९ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

हतुवागढी गाउँपालिका ९ हसनपुरको हलेदेबाट घोरेटार आउदै गरेको को १ ग ९० नम्बरको गाडी आइतबार दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा बराहक्षेत्र नगरपालिका ठेगाना भएका चालक जीवन सुवेदी, सहचालक हतुवागढी गाउपालिका ५ का यादव श्रेष्ठ पनि छन् । यस्तै, आमचोक गाउँपालिका ६ की आस्मा राई, हतुवागढी गाउपलिका २ का लङकमान राई र उनका छोरा प्रितम राई, हतुवागढी गाउपालिका १ का गोपाल बस्नेत, वडा ४ का अम्बर बहादुर कार्की, राम प्रसाद राई गाउपलिका ८ की मिश्रा र जितमान राईको राई रहेका छन् ।

सबैको बिपी प्रतिष्ठानस्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइतेमध्ये मिश्रा, लङकमान र प्रितमको अवस्था गम्भीर रहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज तिलक गिरीले जानकारी दिए । भोजपुर प्रहरीका अनुसार १३ जना यात्रु बोकेको गाडी ब्रेक फेल भई सडकबाट सय मिटर तल खसेको थियो ।