अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको ७औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जेसीजका अध्यक्ष अजय देवको अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष टीआर गौतमले गरेका थिए ।

सभामा जेसीजले वर्ष २०१८मा सम्पन्न गरेको गतिविधिहरुसहित संस्थाको प्रतिवेदन महासचिव देवेन्द्र मैनालीले र सोही वर्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन खनालले प्रस्तुत गरेका थिए ।

सभामा नेपाली काँग्रेस झापाकी सदस्य सरस्वती सिटौला गोले, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, वीरता लेडी जेसीज वर्ष २०१८की अध्यक्ष नम्रता ढकाल, पूर्व अध्यक्ष शार्दुलहाङ ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यकारी उपाध्यक्ष भाष्कर भट्टराईले जेसीज आस्था वाचन गरेको सभाको सञ्चालन महासचिव मैनालीले गरेका थिए । सोही सभाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।