झापा । पर्यटन एवं नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईट बडि प्रकरण सम्बन्धमा छानविन भईरहेको र उक्त अनुसन्धान अख्तियार सम्म पुगेकाले प्रतिवेदनको अधारमा जो कोही दोषी भएपनि कार्वाही  हुनुपर्ने बताएका छन ।

प्रेस चौतारी र प्रेस सेन्टर झापाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि अधिकारीले उक्त जहाज खरिद प्रक्रिया देखि पहिलो किस्ता सम्मको रकम अघिल्लो सरकारकै पालामा भएको कारण आफुहरु प्रतिको आरोप झुठो भएको बताए ।

अरुलाई दोष नदेखाउने भन्दै अनुसन्धान र प्रतिवेदन अनुसार सबैले मान्नु पर्ने बताएका छन् । साथै उनले चाँडैनै थप नया जहाज खरिद गरि जापान, कोरीया र चिनमा नेपाल नेपाल वायु सेवा निगमले उडान भर्ने  र बताउदै मन्त्री अधिकारीले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल ब्यवस्थापनमा विषेश ध्यान दिएको र यस वर्ष लाखौँ पर्यटकलाई यस वर्ष नेपाल भ्रमणको लागि भित्राईने योजना अनुरुप लक्ष्यको नजिक रहेको बताए ।

नेपालगञ्ज र महेन्द्रनगरको हवाई रुट प्राप्त गर्न समय लाग्ने भएकाले भैरहवा रुट दिन भारत तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  अधिकारीले बताएका छन्। अधिकारीले नेपालगञ्ज तथा महेन्द्रनगरको रुटका लागि भारतसँग कुरा भइरहेको बताए।