-क्यारिबियन मुलुक हैटीको एक जेल तोडेर ७८ कैदी भागेका छन् ।

सरकार विरोधी प्रदर्शन नियन्त्रणमा प्रहरी व्यस्त रहेको मौका छोपेर एक्विन कारागारबाट कैदीबन्दी भागेको बीबीसीले उल्लेख गरेको छ ।

कारागार नजिकै भएको प्रदर्शनमा अधिकांश प्रहरीलाई खटाइँदा कारागारको सुरक्षा कमजोर रहेको थियो । सरकार विरोधी प्रदर्शनकै भिडमा मिसिएका कारण फरार कैदीलाई प्रहरी कारागार फिर्ता गराउन असफल भएको थियो ।

सरकार विरोधी प्रदर्शनका क्रममा हैटीमा ४ जनाको मृत्यु समेत भएको थियो ।