फागुन १, बिर्तामोड । गृहमन्त्री रामबहादुर थापा झापा आउदै गर्दा सडक गस्तीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छिन्।

प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको थियो। उक्त सर्टगन सम्वेदनशील रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने सम्भावना रहेको बताइएको छ ।

झापाको लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो। छर्रा लागेपछि घाइते भएकी मैनालीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने शेर्पालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।