झापा । पूर्वाञ्चलबासीको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै बिर्तामोडको बिएन्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सम्मान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा ‘नमूनायोग्य कार्य’ गरेको भन्दै बाह्रदशी गाउँपालिका ६ स्थित कञ्चनगढ एजुकेशन फाउण्डेशनले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । फाउण्डेशनको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्रदान गरिएको सम्मानपत्रमा उपचारका लागि भारतलगायत विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख छ ।

मेचीमै पहिलो टिचिङ हस्पिटल सञ्चालनमा ल्याएर प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा यस क्षेत्रको विकासमा टेवा पु¥याएको योगदानको कदर गरी बिएन्डसीका कार्यकारी निर्देशक प्रसाईंलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सांसद राजेन्द्र लिङ्देन, फाउण्डेशनका संस्थापक प्रिन्सिपल जीवन पनेरु, प्याव्सन प्रदेश १ का उपाध्यक्ष मिलन ढुंगाना र बाह्रदशी गापाका शिक्षा प्रमुख प्रकाश गुरुङले प्रसाईंलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।