अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अपाङ्गता भएका बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि सहयोग रकम उपलब्ध भएको छ ।
वैदेशीक रोजगारीको क्रममा कतारमा रहँदा स्थानीय लेखनाथ र जीवनकुमारी खतिवडाका छोरा यादव खतिवडाको पहलमा संकलन भएको २५ हजार रुपैयाँ आज एक कार्यक्रमकोबिच हस्तान्तरण गरिएको थियो ।
सहयोग रकममध्ये २० हजार त्यहाँ कार्यरत् नेपालीहरुबाट संकलन भएको र पाँच हजार आफ्नोतर्फबाट थप गरिएको दाता खतिवडाले जानकारी दिए । दाता खतिवडासँगै उनको अभिभावक जीवनकुमारी, वडासदस्य लक्ष्मीदेवी महतराले सो सहयोग रकम संयुक्तरुपमा केन्द्रकी सहयोगी दिलकुमारी तामाङलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डिल्लीप्रसाद अधिकारी, तारा खतिवडालगायतको सहभागिता रहेको थियो । आगामी दिनमा केन्द्रलाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दै दाता खतिवडाले केन्द्रमा रहेका १३ जना बालबालिकालाई सहयोग गर्न सबैलाई आव्हान् गरेका थिए ।