झापा । इलाका प्रहरी कार्यलय बुधबारेको गस्ती टोलीले अबैध रुपमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा तीस क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यलयका प्रहरी नायक निरिक्षक कृष्ण हुँमागाईसहितको गस्ती टोलीले उक्त गोलिया काठ बुद्दशान्ति र अर्जुनधाराको सिमानामा पर्ने बिरिङ्ग खोलामा पिकअपमा तस्करी हुँदै  गरेको अवस्थामा बरामद गरेको छ ।

गोलिया काठ सहित पिकअप र मोटरसाइकल बरामद गरिए पनि पिकअप भ्यानकाे चालक र तस्कर भने फरार भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

बरामद गरिएको काठ र पिकअप कसको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले बताएको छ । बरामद गरिएको काठ, पिकअप र मोटरसाइकल थप अनुसन्धान तथा कारबाहिको लागि जिल्ला वन कार्यालय झापालाई बुझाइएको  डिएसपी  श्रेष्ठले बताए ।