झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक राजेश राईलाई रोट्रयाक क्लब अफ बिर्तामोडले बुधबार विदाइ गरेको छ ।

ट्राफिक कार्यालय परिसरमा आयोजित कार्यक्रममा रोट्रयाकका पूर्वअध्यक्ष विकास बस्नेत, वर्तमान अध्यक्ष कुमारी राउत, उपाध्यक्ष राज मुखिया र निवर्तमान अध्यक्ष बसन्त बुढाथोकीले सम्मानपत्रसहित विदाइ गरेको हो ।

१ नम्बर प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक बसन्त ढकालले सम्मानपत्र वाचन गरेका थिए । ‘तपाईंको नेतृत्वमा झाापाको ट्राफिक व्यवस्थापन र जनचेतना अभियानले आम जिल्लाबासीमा परिवर्तनको प्रत्यक्ष अनुभूति गराएको छ’, सम्मानपत्रमा भनिएको छ ।