बिर्तामोड । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरस्थित जामुनखाडी चोकमा दुर्घटनामा परेकी शिवसताक्षी ८ की सुजना शेर्माको निधन भएको छ ।

सतासीधाम स्वास्थ्य चौकीकी ल्याव असिस्टेन्ट २३ वर्षीया सुजना बिर्तामोडबाट घर फर्किने क्रममा जामुनखाडी चोकमा सोमबार बिहान दुर्घटनामा परेकी थिइन् ।

मे. ९ प ७१६२ नम्बरको स्कुटीमा सवार सुजना को. १ च ९४०१ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर घाइते भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

तत्काल उपचारका लागि बिएन्डसी टिचिङ हस्पिटल पु¥याइएको थियो । तर, साँझ ५ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।