अर्जुनधारा, झापा । विद्युत्सम्बन्धी सामान्य समस्याको समाधान आपूmबाटै समाधान होस् भन्ने हेतुले अर्जुनधारा नगरपालिकाको वडा नम्बर ७ ले विहीबारदेखि पाँच दिने तालिम सुरु गरेको छ ।

घरमा जडित वाइरिङ तथा विद्युत् सामग्री मर्मतसम्बन्धी जानकारी दिने उद्देश्यले आधारभूत तालिम सुरु गरेको हो । वडाध्यक्ष नवराम ढुंगाना ‘नविन’को अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले तालिममा सहभागी ६६ वर्षीय डिल्लीबहादुर लामिछानेलाई अभ्यास सामग्री हस्तान्तरण गर्दै तालिमको उद्घाटन गरेका थिए ।

सहजकर्ता अमर पूर्वेले सहजीकरण गर्ने तालिममा २५ जनाको सहभागिता रहेको वडासचिव मुना सुवार निरौलाले जानकारी दिइन् । तालिमका सहभागीहरुलाई व्यावहारिक तथा सैद्धान्तिक दुवै किसिमको शिक्षा दिइने सहजकर्ता पूर्वेले बताए ।

वडा सचिव निरौलाले स्वागत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य देवकुमार राईले गरेका थिए । चालु आर्थिक वर्ष ०७५÷०७६ को वडा विकास कार्यक्रमको विनियोजित बजेट एक लाख रुपैयाँबाट उक्त तालिम सञ्चालन गरिएको हो ।