इलाम । इलामको गोलाखर्क भञ्जायाङमा जीपले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बिहीबार दिउँसो इलामबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ४२६ नम्बरको जीपले विपरित दिशाबाट आउदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

जीपको ठक्करबाट बा ३९ प ५६१० र बा ५८ प ५४९९ नं.को मोटरसाइकलाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट मोटरसाइकलका सवार इलाम ९ पिपलबोटे बस्ने सविन लिम्बु र सोही स्थान बस्ने सिद्धिवहादुर लिम्बु घाइते भएका छन् ।

दुवै घाइतेको इलाम अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि झापाको विर्तामोड पठाइएको छ । जीपका चालक इलाम जिल्ला देउमाई नगरपालिका ३ बस्ने सुजन राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।