झापा । भद्रपुरमा बिहीबार राति बेवारिसे अवस्थामा छाडिएका १ महिने शिशुले अन्ततः अभिभावक पाएका छन् ।

मेचीनगर ७ का एक दम्पत्तिले शिशुलाई ग्रहण गरेका हुन् । मेचीनगरका कमल र हरिमाया खनाल दम्पत्तिले शिशुलाई सन्तानका रुपमा ग्रहण गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सगरमाथा चोकमा वडा प्रहरी कार्यालय भद्रपुरको गस्ती टोलीले बिहीबार राति बीच सडकबाट शिशुलाई उद्दार गरेको थियो ।

शिशुलाई कसले लगेर छाडेको भन्ने अहिलेसमम खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।