अर्जुनधारा,झापा । त्रिगाउँ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था अर्जुनधारा–८को आयोजनामा आजदेखि तीन दिवसीय जडिबुटी उत्पादन तथा प्रशोधन प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
“नेपाली जडिबुटी सेवन गरौं,स्वस्थ्य समाजको निर्माण गरौं”भन्ने मुख्य नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रम प्रशिक्षार्थीहरुलाई जडिबुटीको मात्रा र प्रशोधनको विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उद्धेश्यले आयोजना गरिएको संस्था सञ्चालक समितिका उपाध्यक्ष ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

????????????????????????????????????

प्रशिक्षक शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख कविराज रामसुशिल यादवले प्रशिक्षण दिने कार्यक्रममा २५ जना सहभागी छन् । संस्था सञ्चालक समितिकी अध्यक्ष अस्मिता कन्दङवाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य उपाध्यक्ष उपाध्यायले गरेका थिए । नगर कृषि शाखाको आर्थिक सहयोग रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद दाहालले गरेका थिए ।