अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आपूmले सिकेको सीपले आप्mनो मात्र नभइ छिमेकीको घरमा पनि बत्ती बल्न सक्नुपर्ने बताएका छन् ।

७ नम्बर वडाको आयोजनामा आयोजित ५ दिने विद्युत् जडान तथा मर्मतसम्बन्धी आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै मेयर रानाले तालिमबाट सिकेपछि सानातिना विद्युतीय समस्या समाधान गर्न आफैँ तत्पर हुनुपर्ने बताए ।

‘विद्युत्बाट हुनसक्ने दुर्घटनाको निराकरण गर्न पनि तपाईहरुले सक्नुपर्छ’, उनले भने, ‘विद्युत् आवश्यक पनि छ, सुविधासँगै क्षति पनि उत्तिकै छ ।’ उनले दुर्घटनाबारे सचेतना गराउन नगर तयार रहेको जनाउँदै उनले वडाबाट कार्यक्रम सञ्चालन भए पनि नगरको पहल पनि उत्तिकै हुने बताए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले तालिममा युवा र प्रौढको सहभागिताले पनि सकारात्मक भएको नगरको ठम्याइ सुनाए । ‘तालिम लिएर व्यावसायिक बन्नु पर्र्दैन तर ज्यान जोगाउने उपाय दिए पुग्छ’, उनले भने । तर, अध्ययन र निरन्तरको मिहेनतले जीवन निर्वाहको राम्रो पेसा बन्न सक्ने उनको भनाइ थियो ।

विद्युत्सम्बन्धी सामान्य समस्यामा प्राविधिक पर्खनु नपरोस् भन्ने वडाको उद्देश्य रहेको वडाध्यक्ष नविन ढुंगानाले बताए । प्राविधिक ज्ञान दिने यस्ता तालिम वडाले निरन्तर गर्दै आएको पनि जानकारी दिए ।

वडा सदस्य देवकुमार राईको सहजीकरण र प्राविधिक अमर पूर्वेको प्रशिक्षणमा आयोजित तालिममा ६६ वर्षीय डिल्लीबहादुर लामिछाने र १७ वर्षीय निशान धितालसहित चार महिला गरी २५ जनाको सहभागिता रहेको तालिम संयोजक तथा वडा सचिव मुना सुवार निरौलाले जानकारी दिइन् । उनैले स्वागत गरेको कार्यक्रममा सहभागीका तर्फबाट राजेन्द्र काफ्ले, टंकमाया दाहाल र टेकेन्द्र पौडेलले तालिमका अनुभव सुनाएका थिए ।

वडा विकास कार्यक्रमबाट आयोजित तालिमको समापनमा नगरकी प्रवक्ता सकुन्तला बरालले शुभकामना दिएकी थिइन् ।