झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।