रमेश समदर्शी
अर्जुनधारा । सधैँझैँ साताको सोमबार । बार साताको भए पनि दैनिकीजस्तै हो सोमबार । स्थान तोकिएको थियो, अर्जुनधारा–६ स्थित चिया बगान । जुन शनिश्चरेहुँदै बिर्तामोड पुग्न सकिन्छ । समय बिहानको ७ बजे निर्धारण गरिएको थियो, सरसफाईका लागि ।

अर्जुनधारा सरसफाई अभियानका संयोजक कमल पोख्रेल र उसको टीम तोकिएको स्थानमा पुग्छन् । हुन त काम गर्न आउजाउ गर्दा त्यही बाटो पार गर्नुपर्छ । चैत १८ गते सबै साथी र समूहलाई खबर गरेर निस्किएका थिए संयोजक पोख्रेल । उसको टीमले सधैँझैँ फोहोर पहिचान, संकलनसँगै सरसफाई गर्न थाल्छ । नजिकै एउटा प्लाष्टिकको बोरा भेटिन्छ ।

यसअघि त्यसै स्थानमा तीन पटक सरसफाई अभियान चलाइसकिएको थियो । प्लाष्टिकको बोरा भेटिएपछि सबैले त्यसमा चासो दिन्छन् । खोलेर हेरिन्छ अनि त्यहाँभित्र भएका फोहोर एकपछि अर्को गर्दै निकालेर नियालिन्छ । ‘काटिएका कपाल, भाँच्चिएका कैची, ब्लेड भेटियो’, संयोजक पोख्रेलले भने । त्यति फेला परेपछि सरसफाईमा जुटेका अभियन्ताहरुले कुनै सैलुनको बद्मासी हो भनेर ठम्याए । तर, प्रमाण थिएन ।

‘सबै फोहोर बाहिर निकाल्ने क्रममा जन्मदिनको एउटा ‘निम्तो पत्र’ फेला प¥यो’, पोख्रेलले भने । निम्तो पत्रमा लेखिएको थियो, सुनिल ठाकुर । अभियन्ताहरु सुनिल ठाकुरको खोजीमा लागे । केही क्षणमा पत्ता लाग्यो, अर्जुनधारा ६ स्थित कप्तानबारीमा रहेको सुनिल हेयर कटिङ सैलुन । संयोजक पोख्रेलले मोबाइलन नम्बर फेला पारेर कल गरे । कल रिसिभ भएपछि स्थान मागेर ११ बजे कपाल काट्न आउने सुनाए ।

११ बजे सैलुन परिसरमा पोख्रेलसहित जनप्रतिनिधि र अभियन्ताको टोली पुग्यो, उनैले प्mयाँकेको फोहोरसहित । सैलुनका सञ्चालक ठाकुरले फोहोर आपैmँले प्mयाँकेको स्वीकार गरे । उनले गल्ती स्वीकार्दै अबोप्रान्त फोहोर नप्mयाँक्ने प्रतिबद्धतासमेत जनाएको पोख्रेलले बताए ।

वडाध्यक्ष लोकनाथ गौतमले उक्त फोहोर ठाकुरलाई जिम्मा लगाएर चेतावनीसमेत दिए । वडाध्यक्ष गौतमले आप्mनो व्यवसाय दर्ता र फोहोर उत्पादन गरेवापतको शुल्क बुझाउनसमेत निर्देशन दिएका थिए । भोलि वडा कार्यालयमा उपस्थित हुन उनको अर्को चेतावनी पनि थियो ।

सरसफाई गर्ने क्रममा अर्जुनधारा ८ शनिश्चरे बजारमा रहेको निशा मोबाइल सेन्टरले पनि त्यही स्थानमा लगेर फोहोर फ्याँकेको फेला परेको थियो । ‘मोबाइल दोकान अगाडि नै डस्टविन राखिदिएका छौँ’, पोख्रेलले भने, ‘तर, बजारदेखि बाहिर गएर फोहोर प्mयाँकेको फेला पा¥यौँ ।’
उनका अनुसार ठाकुरले प्mयाँकेकै स्थानमा मोबाइल सेन्टरको फोहोर पनि फेला परेको थियो । मोबाइल सेन्टरको फोहोर पत्ता लगाउन पनि अभियानका सदस्यहरुले सैलुनकै जस्तो अनुसन्धान गरेका थिए ।

फोहोरभित्र माबोइलको रिपायर गरिएको सामान भेटेका थिए । त्यस्तै, त्यहाँको बिल भेटेपछि उनीहरु निशा मोबाइल सेन्टरकै फोहोर हो भन्ने निश्कर्षमा पुगेका थिए । अभियन्ताहरुले मोबाइल सेन्टरमा पनि जनप्रतिनिधिको रोहवरमा नै फोहोर फिर्ता गरिदिए । यो घटनासँगै अर्जुनधारा सरसफाई अभियानले जसको फोहोर उसैलाई फोहोरको उपहार कार्यक्रम पनि अघि बढाएको छ ।

जथाभावी फोहोर प्mयाँक्ने दुवै पसललाई जरिवानास्वरुप जनही ११ सय रुपैयाँ असुल गरिएको छ । उक्त रकम फोहोर सरसफाई गर्दा आवश्यक पर्ने माक्स, पञ्जा र अन्य औजार खरिद गरिने वडाध्यक्ष गौतमको भनाइ छ । फोहोरमैला व्यवस्था ऐन २०६८ मा व्यवस्था भएअनुसार स्थानीय सरकारको अग्रसरतामा सरसफाई अभियान सञ्चालन गरिएको अर्का अभियन्ता विष्णु आचार्यले जानकारी दिए ।

अर्जुनधारा नगरको विभिन्न क्षेत्रमा अभियानले ३२औँ साता सम्पन्न गरिसकेको छ । यसक्रममा अर्जुनधारा मन्दिर, दुर्गा मन्दिर, शनिश्चरे बजारक्षेत्र, सालबारीको पार्क, कप्तानबारी, ७ नम्बर वडा कार्यालयपरिसरमा सरसफाई गरिसकेको छ । विशेषगरेर अर्जुनधारा ६, ७ र ८ नम्बर वडामा यो अभियान केन्द्रित छ । ‘हामी विस्तार गरेर नगरका सबै वडा, बजारक्षेत्रमा पुग्नेछौँ’, संयोजक पोख्रेलले भने ।