बुद्धवीर बाहिङ

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको स्थानीय तह खुम्बुपासाङल्हमु गाउँपालिकामा सडक सञ्जालले जोडिएसँगै गाडि पुगेको छ ।

माप्य दुधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमु गाउँपालिकाको खरिखोलामा पु¥याईएको सडकको मंगलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

आगामी दुई वर्षमा चौरीखर्कसम्म विस्तार गर्ने योजना रहेको सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने मुख्यमन्त्री राईले प्रतिबद्धता गरे । उनले भने, ‘पर्यटकीय दृष्ट्रिकोणले महत्वपुर्ण रहेको खुम्बुमा पर्यटकको आवागमन बृद्धि गर्न पनि चौरीखर्कसम्म सडक आवश्यक छ ।

त्यसमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काँघ हाल्छ ।‘ सडकको पहूँच पुगेपछि आन्तरिक पर्यटक पनि हृवात्तै बढ्नेमा आफू आशावादी रहेको उने बताए ।

मुख्यमन्त्री राईले मौसम प्रतिकुल बनेको बेला पर्यटकलाई सडक यात्राको लागि पनि सहज विकल्प हुने भएकाले सुविधासम्पन्न सडक निर्माण आवश्यक रहेको बताए । बर्षेनी लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकुलताका कारण अवरुद्ध हुने गर्दछ । मुख्यमन्त्रीले बषेर्नी पचासौ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्राउने स्थान्ीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सगरमाथा सडक सबैको साझा एजेण्डा बन्नुपर्ने बताए । सडक संचालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य बृद्धि आउने सांसद राईको भनाई छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले चिन तर्फको नाङपाला नाका खोल्न सके खुम्बुको विकासमा थप टेवा पुग्ने भएकाले नाका खोल्न पहलकदमी लिन प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रमको अवसरमा दलित भवनको उद्घाटन गरिएको छ भने एक सामुदायीक भवनको शिलान्यास गरिएको छ ।

खरिखोलासम्म ग्रामिण सडकको पहूँच पुगेपछि दुर्गम भेगको जनजीवनमा सहज आउने सर्वसाधारणले बताएका छन् । माप्य दुधकोशी गाउँपालिकाको काँकु, बासा, जुभिङ हुदै खरिखोला सडक पुगेपछि खाद्यान्न तथा निर्माण सामाग्रीको लागतमुल्य घट्नेछ भने सदरमुकाम सल्लेरी र राजधानी सहित तराईका जिल्लासम्म पुग्न सजिलो भएको छ ।