काठमाडौं ।  देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे ।

मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । दिउँसोः देशको अधिकांब भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ । साथै उच्च हिमाली  भू–भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम  हिमपातको  संभावना छ । तराइका भू–भागहरूमा हुरि बतास चल्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ । तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ ।