झापा । झापा र मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको पनि चट्याङ लागेर मृत्यु भएको छ । उनकी पत्नी ३५ बर्षीया सुनिता राउत र भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएका प्रकाशको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा  भएको हो । घाइतेहरुको उपचार भइरहेको छ ।

यस्तै,  गाईवस्तु घर ल्याउने क्रममा चट्याङ लागेर घाइते भएकी मोरङको बुढीगंगा गाउँपालिका ३ की १० बर्षीया आराधना राजबंशीको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।